बौद्धमा ‘भारत–नेपाल कला संगम’ प्रदर्शनी

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र सुशीला कला प्रतिष्ठानले काठमाडौंस्थित बौद्धको तारागाउँ संग्रहालयमा सप्ताहव्यापी ‘भारत–नेपाल कला संगम’ कला प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको उद्घाटन भारतीय राजदूतावास, काठमाडौंका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले गरेका थिए ।

प्रदर्शनीमा ११ नेपाली युवा कलाकारले नेपाल र भारतबीचको मित्रता झल्काउने गरी दुई देशका विभिन्न स्मारक सम्बन्धि तयार पारेका ३८ वटा कलाकृति राखिएका छन् । सो कला प्रदर्शनी तारागाउँ संग्रहालयमा २०७९ चैत १४ देखि १९ सम्म चल्नेछ । सिजी उन्नति सांस्कृतिक भिलेज र अवनको सहयोगमा प्रदर्शनीको आयोजना भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर