नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ मन्त्री बन्ने

नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी मन्त्री बन्ने भएकी छन्।

सत्तारूढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति भएको थियो।

सांसद गंगाराम चौधरीका अनुसार नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको छ र अध्यक्ष रञ्जिता आफैं सरकारमा जानेछिन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद विस्तार गर्दैछन्। मन्त्रीहरूको शपथ दिउँसो ३ बजेका लागि तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *