रियालिटी शो ‘दोहोरी आइडल’को भोटिङ पार्टनरमा ई-सेवा

लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरूलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिशन सुरु हुने तयारीमा छ । डिजिटल अडिशन सकिएको आयोजकले जनाएको छ । यसैबीच आयोजकले भोटिङ पार्टनरको रूपमा ई-सेवा जोडिएको जानकारी गराएको छ ।

नेपालका प्रतिष्ठित ४२ कलाकारहरूबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन् । नेपालमा पहिलोपटक लिगस्तरीय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए ।

डीएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन् । दोहोरी आइडलको छिट्टै नेपाल नेटवर्क टेलिभिजनमा प्रसारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए । दोहोरी आइडललाई डीएआर मुभिजले अन्तर्राष्ट्रिय फर्म्याटमा पनि दर्ता गरिसकेको धितालले जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर