पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिशनको खेलमा मात्रै लाग्दा रहेछन् : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन्।

शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाइमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्। पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरूले पशुपति क्षेत्र विकास कोष जताबाट कमिशन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनले सुनाए।

मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको पनि बताए। त्यहाँ जाने दर्शनार्थीहरूले ट्वाइलेट आफूलाई सोधेको र आफू पनि टवाइलेट खोज्दै हिँड्नुपर्ने अवस्था आएको पनि उनको गुनासो थियो। मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाइ भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाइमा गएको तर त्यहाँ धेरै फोहोर रहेको बताए।

उनले सो क्षेत्रमा बिहान मर्निङ वाकमा आउनेहरूले समेत फोहोर फ्याँकेर जाने गरेकाले त्यहाँको सफाइका लागि सबै सुध्रनुपर्ने अवस्था रहेको बताए। मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रमा पैसा लिएर पनि त्यहाँ फोहोर नउठाउने गरेको आफूले पाएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *