मिटरब्याजपीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छ : मन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितहरूसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन्।

आइतबार स्वास्थ्य परीक्षणपछि आ-आफ्नो घर फर्किन लागेका मिटरब्याजपीडितहरूलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताएका हुन्।

सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरू सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेको बताए। सरकार सहमतिप्रति गम्भिर रहेको भन्दै सहमतिको कार्यान्वयन हुने उनले स्पष्ट पारे।

उनले समस्या समाधानका लागि आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको भन्दै आवश्यक निर्णय गरेर प्रक्रिया अगाडि बढ्ने बताए।

पीडितहरू पनि सहमति कार्यान्वयन हुनेमा विश्वस्त देखिएका छन्। सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनीहरूले आफूहरूले न्याय पाउनेमा विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *