जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौंको तारकेश्वर नगरपालिका-१०, लोकतान्त्रिक चोकस्थित रामकुमार लुङ्गेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा मनमैजु बस्ने २७ वर्षीय लोकेश विकसहित ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय २५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर