राष्ट्रिय सभाबाट दुई विधेयक पारित

राष्ट्रिय सभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रिय सभामा आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

यी दुवै विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएका थिए । राष्ट्रिय सभाबाट पारित भएका यी विधेयक अब प्रतिनिधि सभामा जानेछन् । राष्ट्रिय सभाको अर्को बैठक यही चैत २७ गते सोमबार अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *