सिक्टा सिँचाइ भ्रष्टाचारमा आरोपीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

आठ अर्ब भ्रष्टाचार भएको सिक्टा सिँचाइ आयोजनाको मुद्दामा विशेष अदालतले गएको असार ५ मा गरेको सफाइ दिने आदेशका विरुद्ध अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतको आदेशविरुद्ध मंगलबार आयोगले पुनरावेदन गरेको हो ।

याे पनि : सिक्टा सिँचाइ आयोजना : माटोलाई दोष, भ्रष्टाचार आरोपित मन्त्री पाण्डेसहित २१ जनालाई सफाइ

आयोगले कालिका कन्स्ट्रक्सनका सञ्चालक पूर्वमन्त्री विक्रम पाण्डे, ईआरएमसी र उदय कन्सलटेन्सीका सञ्चालकद्वय हेमनिधि शर्मा, सिँचाइ विभागका तत्कालीन महानिर्देशक सरोजचन्द्र पण्डितसहित २१ जनाविरुद्ध मुद्दा पुनरावेदन गरेको छ ।

विशेष अदालतले घुलनशील माटोका कारण मूल नहर भत्किएको भन्दै सबैलाई सफाइ दिएको थियो । १९ अर्ब खर्च भइसकेको तर अहिलेसम्म सिँचाइको सुविधा पुर्‍याउन नसकेको सिक्टा सिँचाइमा भएको भ्रष्टाचारमा विशेषले माटोलाई दोष दिएर सफाइ दिएपछि न्यायालयको चर्को आलोचना भएको थियो ।

हेर्नुहोस् मुद्दाको पूर्ण विवरण :

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *