जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २० जनालाई पक्राउ गरेको छ।

काठमाडौंको टोखा नगरपालिका-३ बानियाँटार धमालटार बस्ने ३९ वर्षीय युवराज कँडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा कँडेलसहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १३ हजार ७ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-१६ बोहोराटारस्थित पुरानो सामुदायिक भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय राजन बोहरासमेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ५ सय रुपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै सर्लाहको लालबन्दी नगरपालिका-१७ रानिगंज डाँडा टोल नजिक रहेको आँपको बगैचामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१७ बस्ने ६० वर्षीय बेचु बम्जनसमेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ३ सय ४० रुपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

तीनवटै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर