अनावश्यक सफ्टवेयर खरिद गरी २ लाख भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ३ विरुद्ध मुद्दा

अनावश्यक रूपमा सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको अभियोगमा बाराको सिम्रौनगढ नगरपालिकाका तत्लकालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

प्रमुख प्रशासकीय अधिकृत मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध मुद्दा दर्ता भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा अभियोगपत्र दर्ता गरेको हो।

सिम्रौनगढ नगरपालिकाको आ.व. २०७६/०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीसमेतको सफ्टवेयर खरिद तथा जडान/विस्तार गर्ने कार्यका लागि उनीहरूले टिप्पणी पेस तथा सप्टवेयर खरिद कार्यको स्वीकृत गरी १ लाख ९९ हजार ८९७ रुपैयाँ भुक्तानी गरी सफ्टवेयर खरिद गरेको र सो प्रयोग नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेकाे देखिएको अख्तियारको ठहर छ।

उनीहरूविरुद्ध १ लाख ९९ हजार ८९७ रुपैयाँ बिगो कायम गरी सजायसमेतको मागदाबी लिएर मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *