अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी बिहीबार शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन्।

पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।

राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी आज अस्पतालबाट डिस्चार्ज भएको प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले विज्ञप्तिमार्फत जनाएका छन्। राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत अस्पताल पुगेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर