ढुक्क हुनुस् सत्ता गठबन्धन पाँच वर्ष टिक्छ : माधव नेपाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारूढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गरेका छन्।

वर्तमान सरकार र सत्तारूढ गठबन्धन कहिलेसम्म रहन्छ भन्ने आशंका कसै-कसैले गर्ने गरेको उल्लेख गर्दै उनले सो कुरा बताएका हुन्।

बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाडौंमा आयोजना गरेको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारूढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन पनि आग्रह गरे।

उनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारूढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए।

अध्यक्ष नेपालले सत्तारूढ गठबन्धन जनताको जनादेशअनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर