नेपाल वायुसेवा निगमलाई विश्वसनीय बनाउनुपर्छ : प्रदीप पौडेल

कांग्रेस नेता प्रदीप पौडेलले नेपाल वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताएका छन्।

नेपाल वायुसेवा निगम कर्मचारी संघको नवौं केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले वायुसेवा निगमका जहाज अझै पनि तोकिएको समयमा नउड्नाले आमनागरिकमा धेरै समस्या देखिएको बताए।

उनले अझै पनि नेपाल एयरलाइन्सको टिकट काट्ने भनेको फुर्सद हुने मानिसले मात्रै हो भन्ने भाष्य समाजमा स्थापित रहेको बताए।

नेता पौडेलले नेपाल वायुसेवा निगमका जहाजमा धेरै प्राविधिक समस्या आउने, पांग्रा मागेर चलाउनुपर्ने र एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल बोलाउन नसक्ने स्थिति रहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए। उनले नेपाल एयरलाइन्सलाई व्यवस्थित रुपमा सञ्चालन गर्न जरुरी रहेको बताए।

सरकारले पनि नेपाल वायुसेवा निगम व्यवस्थापन गर्न आवश्यक कदम चाल्न नसकेको गुनासो गरे। सांसद पौडेलले श्रमजीविका खास समस्या सम्बोधन गर्न अझै नसकिएको बताए। उनले अहिलेसम्म पनि नेपाली समाज श्रमजीविलाई सम्मान गर्न सक्ने स्थितिमा नरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *