प्रधानमन्त्रीसँग जानकी मन्दिरका महन्तको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग धनुषाको जानकी मन्दिरका उत्तराधिकारी महन्त पुज्यपाद रामरोशन दासलगायतको टोलीले भेटवार्ता गरी विभिन्न मन्दिरको संरक्षण तथा संवर्द्धनका बारेमा ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा विभिन्न मन्दिरका पुजारी सन्तको उपस्थिति थियो । भेटघाटमा जानकी मन्दिरलगायत देशका विभिन्न स्थानमा रहेका मठमन्दिरसँग जोडिएका विविध पक्षका बारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का नेता रहवर अन्सारीले जानकारी दिए ।

प्रधानमन्त्री दाहालसँग भएको भेटका बारेमा जानकारी दिँदै अन्सारीले भन्ने, ‘आदरणीय सन्तले उठाउनुभएका विषयप्रति प्रधानमन्त्रीले गहिरो चासो लिँदै तथ्यपरक र वैज्ञानिक ढङ्गले आवश्यक पहलकदमी आफ्नोतर्फबाट हुने आश्वासन दिनुभएको छ ।’

यस्तै धर्मसँग जोडिएका विषयलाई परम्परागत रूपले मात्र नभई समय सान्दर्भिक रही मानवोचित कार्यको सामाजिकीकरण गर्दै अघि बढ्दा समाज र राष्ट्रले अझ लाभ पाउने प्रधानमन्त्रीको भनाइ थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर