नेपालबाट हराएको उमामहेश्वरको मूर्ति अमेरिकी संग्रहालयमा

नेपालबाट हराइरहेको उमामहेश्वरको मूर्ति अमेरिकाको ब्रुकलिन संग्रहालयमा फेला परेको छ । उक्त ढुंगेमूर्ति सन् १९८० को दशकमा काठमाडौं उपत्यकाबाट हराएको लस्ट आर्टस् अफ नेपालले दाबी गरेको छ ।

यसअघि पाटनको गाः हिति (ढुंगेधारा) बाट हराएर अमेरिकाको डेन्भर आर्ट म्युजियममा पुगेको उमामहेश्वरको मूर्ति नेपाललाई हस्तान्तरण गरिएको थियो । सन् १९७५ देखि म्युजियममा प्रर्दशन गरिएको उक्त मूर्ति नेपालको भन्ने थाहा पाएपछि म्युजियमले गत वर्ष नेपालको दुतावासलाई हस्तान्तरण गरेको थियो ।

हाल भेटिएको मूर्तिमा शिव, पार्वती, उनीहरूका सन्तान र अन्य भगवानका आकृति कुदिँएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर