गरगहना छ कि भनेर लुट्न विमानस्थलमा ल्याइएका शवको बाकस फोड्न थालियो : हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट ल्याएका शवको बाकसमेत फुटाउन थालिएको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको बताएका हुन्।

उनले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताए। उनले गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै यो सबैको कारण बेथिति भएको बताए।

उनले भने, ‘विदेशबाट शव ल्याउँदाखेरि शवको बाक्सा फोरिएको छ एयपोर्टमा। केही सामान छ कि भनेर लुट्नलाई। ब्यागहरू फुटेको त जानकारी थियो। समाज कहाँ जादैछ? समाज के बन्दैछ? कारण के हो? कारण भ्रष्टाचार यसरी संस्थागत भएछ कि, यसरी जरोसम्म पुगेछ कि शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ। अचम्मको छ एयरपोर्ट यताबाट लागुऔषध स्क्रिनमा देख्दैन। लागुऔषध कतारमा पुग्छ। संस्थागत यति भएछ भ्रष्टाचार गरिब चेपाङ कूपोषित बच्चाको दिवा खाजा लुट्छ। दिवा खाजामा भ्रष्टाचार छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *