१० सैनिक बोकेको जापानी सेनाको हेलिकाेप्टर बेपत्ता

कम्तीमा १० यात्रु बोकेको जापानी सेनाको हेलिकाेप्टर जापानी टापुबाट बेपत्ता भएको छ।

टोकियोको रक्षा मन्त्रालयले ताइवान नजिकै रहेको मियाको टापुको परिक्रमा गरिरहेको ग्राउन्ड सेल्फ डिफेन्स फोर्सको हेलिकप्टर राडारबाट हराएको बताएको छ।

सेल्फ डिफेन्स फोर्सले बेपत्ता जहाजको खोजी गरिरहेको जनाएको छ। रिपोर्टका अनुसार हेलिकप्टर यूएच६० थियो।

जहाजमा १० जना रहेको प्रारम्भिक रिपोर्ट भए पनि कति जना थिए भन्ने यकिन हुन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।

ओकिनावाको दक्षिण-पश्चिमी प्रान्तको मियाकोजिमा टापु नजिकै धेरै चालकदल बोकेको हेलिकप्टरले ट्र्याक गुमाएको सार्वजनिक प्रसारक एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

क्योडो समाचार एजेन्सीले स्रोतहरूलाई उद्धृत गर्दै धेरै जीएसडीएफ सदस्यहरू बोकेको यूएच६० हेलिकप्टर स्थानीय समयअनुसार बिहीबार ४:३० बजे बेपत्ता भएको उल्लेख गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर