सभामुख घिमिरेले गरे कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनयन

सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूलाई मनोनयन गरेका छन्।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गरेका हुन्। उनले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १३ बमोजिम प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूलाई मनोनयन गरेको जानकारी गराए।

कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधि सभा सदस्यहरू अजयकुमार चौरसिया, अनितादेवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ र नागिना यादव परेका छन्। त्यसैगरी पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा र रूपा सोसी चौधरी पनि समितिमा परेका छन्।

सभामुख घिमिरेले लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईं, हितराज पाण्डे र ज्ञानबहादुर शाहीलाई पनि कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरेको जानकारी गराए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर