वर्तमान सत्ता गठबन्धनले ल्याएको न्यूनतम साझा कार्यक्रम जनपक्षीय : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार पुनः गठन भएकाले न्यूनतम साझा कार्यक्रम फेरि ल्याउनु परेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सो कुरा बताएका हुन्।

उनले यसअघिको सरकार नै पाँच वर्ष चल्नुपर्ने र न्यूनतम साझा कार्यक्रमहरू पनि सोही सरकारले बनाएको अनुसार कार्यान्वयन हुनुपर्ने भए पनि सोअनुसार हुन नसक्दा पुनः न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता भएको बताए।

उनले यस गठबन्धन सरकार पाँच वर्षसम्म निरन्तर कायम रहने र न्यूनतम साझा कार्यक्रम पनि जनपक्षीय रहेको दाबी गरे। उनले सरकारले पूर्ण रूपमा काम गरिरहेको दाबी गर्दै सरकार तीव्र गतिमा आफ्ना कामलाई अघि बढाउन लागिपरेको बताए।

मन्त्री ज्वालाले संसद अहिले बिजनेसविहीन हुनुपर्ने अवस्थामा नरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *