चार डीआईजीको एआईजीमा बढुवा र पदस्थापन : कार्यमा चौधरी, अपराध अनुसन्धानमा तामाङ

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा सिफारिस भएका चार जनालाई सरकारले बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको बढुवा र पदस्थापनको निर्णय गरेको हो ।

एआईजीमा बढुवा हुनेमा सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ छन् । भण्डारीलाई मानव स्रोत, गिरीलाई प्रदेश समन्वय निर्देशनालय, चौधरीलाई कार्य विभाग र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन पनि गरिएको हो ।

यही १३ चैतमा गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले उनीहरुलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

यसअघि गत १४ असारमा डीआईजीमा बढुवा हुँदाको वरीयताअनुसार नै एआईजी बढुवा सिफारिस गरिएको थियो । असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए ।

उनीहरूभन्दा अघिल्लो वरीयतामा रहेका वसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक (आईजीपी) भइसकेका छन् । टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भइसकेका छन् ।

चैत ११ देखि एआईजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाश भएपछि र कुँवर आईजीपीमा पदोन्नति भएपछि नेपाल प्रहरीमा चार एआईजी रिक्त भएको थियो । नेपाल प्रहरीमा जनपदतर्फ ८ एआईजीको दरबन्दी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर