मावलीको थर राखेर बच्चाको जन्मदर्ता गर्ने व्यवस्थाप्रति एमाले सांसदको आपत्ति

नेकपा (एमाले) की सांसद विद्या भट्टराईले सरकारले संविधान र कानूनविपरित मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाएकी छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले संविधान र कानूनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई नै अस्वीकार गर्ने गरी सबै वडाहरूमा सरकारले गरेको सो परिपत्र फिर्ता लिई संविधान सम्मत ढंगले अर्को परिपत्र गर्न पनि सरकारलाई सचेत गराइन्।

उनले संविधान र कानूनको ख्याल गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराइन्।

सांसद भट्टराईले संविधानले पितृत्वको ठेगान नभएका बच्चाहरूको जन्मदर्ता उनीहरूको आमाको नामबाटै गर्ने व्यवस्था गरेकाले त्यसैअनुसारको आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्ने पनि बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *