बानेश्वर ट्रलीबस स्टेशन नजिक शरीरमा पेट्रोल छर्केर एक व्यक्तिले गरे आत्मदाह प्रयास

काठमाडौंको नयाँ बानेश्वरस्थित ट्रलीबस स्टेशन नजिक एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन्।

एक व्यक्तिले आत्मदाह प्रयास गरेको तर तत्कालै प्रहरीले उनलाई उद्धार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए।

एसएसपी कार्कीका अनुसार उनले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए। सुरक्षित उद्धार गरिएका उनले आत्मदाह प्रयास गर्नुकाे कारण खुल्न बाँकी रहेको एसएसपी कार्कीले बताए।

उनको परिचयबारे एसएसपी कार्कीले केही खुलाउन चाहेनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर