प्रतिबन्धित औषधीहरूको बिक्री बढ्यो, सरकारले निरीक्षण गरोस् : औषधी व्यवसायी

औषधी व्यवसायीहरूले औषधी व्यवसायीहरूलाई पनि बीमामा जोड्नुपर्ने माग राखेका छन्। शुक्रबार नेपाल औषधी व्यवसायी संघको दोस्रो वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरूले यस्तो माग राखेका हुन्।

कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका औषधी विभागका अध्यक्ष ध्रुवनारायण श्रेष्ठले औषधी व्यवसायीहरूलाई बीमामा संलग्न गर्न नसके निकट भविष्यमा नै औषधी पसलहरू बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताए।

उनले बीमामा औषधी व्यवसायीहरूलाई किन सरकारले संलग्न गर्न नसकेको भन्दै प्रश्न गरे। अध्यक्ष श्रेष्ठले औषधी व्यवसायीलाई पनि बीमामा संलग्न गरेर व्यवसाय सुरक्षित गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा औषधी व्यवसायी डा. सन्तोष केसीले नेपालमा औषधी फार्मेसीहरूलाई घटाई व्यवस्थित गर्नुपर्ने बताए। उनले औषधी पसलहरू नियन्त्रित व्यवसायभित्र पर्ने भएकाले राज्यले निरीक्षण गर्नुपर्ने बताए।

औषधी व्यवसायी केसीले फार्मेसीहरूमा विकृति धेरै बढेको बताए। उनले अमर्यादित रूपमा व्यवसायहरू सञ्चालन भइरहेको उल्लेख गरे। उनले रोक लगाइएका औषधीहरू गैरकानूनी रूपमा बेच्ने काम भइरहेको भन्दै यसलाई सरकारले समयमा नै निरीक्षण गरी कारबाही गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर