सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ, न्यायाधीश बरालको इजलासमा पेसी

नाबालिग बलात्कारको अभियोगमा निलम्बित नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ। मुद्दाको फैसलाका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको छ।

सन्दीपविरुद्धको मुद्दाको पेसी १३औं नम्बरमा परेको छ। काठमाडौं जिल्ला अदालतमा आजका लागि २९ वटा मुद्दा पेसीमा चढेका छन्।

यसअघि दुईपटक पेसी तोकेर पनि सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ भएको थिएन। आज पनि १३ नम्बरमा रहेकाले सुनुवाइ हुने सम्भावना कम देखिन्छ।

गत कात्तिक २९ गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उनको आदेश उच्च अदालत पाटनले बदर गरेपछि सन्दीप धरौटीमा रिहा भएका थिए।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध पनि फुकुवा गरेको थियो।

सन्दीपलाई १० देखि १२ वर्ष कैदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *