एमाले सचिव लेखराज भट्टको घर पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का सचिव लेखराज भट्टको घर पुगेका छन्।

कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन आइतबार बिहान बुद्ध एयरको नियमित उडानमार्फत सुदूरपश्चिम गएका प्रधानमन्त्री प्रचण्ड धनगढी विमानस्थल ओर्लेलगत्तै गोदावरी नगरपालिका-१, अत्तरियास्थित भट्टको घर पुगेका हुन्।

भट्टसँगको भेटमा समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भएको भेटपछि पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।

भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेकाले आफू त्यहाँ गएको उनले बताए।

‘यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ। यो घरको माथि एउटा कोठा छ, त्यहाँ म बस्थेँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर म आज यहाँ आएको हुँ। बाँकी कुरा लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भइहाल्यो।’

एमाले सचिव भट्ट पूर्वमाओवादी नेता हुन्। नेकपा विभाजनपछि उनी एमालेमा लागेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर