मन्त्री बन्न दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो बाहिरिएपछि रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका छन्।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई पैसा बुझाउनुपर्ने भन्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरेको हो।

सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले उनलाई निलम्बन गरिएको र छानबिन गर्न समिति बनाइएको बताए।

श्रेष्ठ समानुपातिक सांसद हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर