सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने डाक्टर झिकाउन आदेश

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार अभियोग मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गराउने डाक्टर झिकाउन आदेश भएको छ।

पीडितको स्वास्थ्य जाँच गर्ने डाक्टरको सट्टा अर्कै डाक्टरलाई पठाएर बकपत्र गराएको खुलेपछि आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई नै झिकाउन आदेश गरेको हो।

यसका साथै अदालतले सरकारी साक्षीहरू साहब आलम र अनिष श्रेष्ठलाई समेत झिकाउन आदेश दिइएको छ। बकपत्र गराउन उनीहरूलाई झिकाउने आदेश भएको हो।

गत कात्तिक २९ गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उनको आदेश उच्च अदालत पाटनले बदर गरेपछि सन्दीप धरौटीमा रिहा भएका थिए।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध पनि फुकुवा गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर