कांग्रेस सहभागी हुने भएपछि एमालेले छाड्यो कर्णाली प्रदेश सरकार

नेपाली कांग्रेस सहभागी हुने भएपछि नेकपा (एमाले) कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी तीन मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा दिएका छन्।

आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री शर्मालाई राजीनामा बुझाएका हुन्।

गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए।

केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरणअनुसार एमाले तीन मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो।

४० सदस्यीय कर्णली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्र १ र १ सांसद छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर