भविष्यमा आउने सरकारले पनि प्रेरणा लिन सक्ने गरी बजेट र योजना तर्जुमा गर्दैछौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेट विगतभन्दा नयाँ र गुणात्मक रूपमा ल्याउन लागिएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२औं वार्षिक साधारण सभा एवं चेम्बर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्।

उनले परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट देशको समृद्धि सम्भव नहुने कुरामा सरकार स्पष्ट भएको बताए। उनले भविष्यमा आउने सरकारले समेत प्रेरणा लिन सक्ने गरी बजेट र योजनाहरू तर्जुमा गरिने बताए।

प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गरेको सय दिनमा अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएको बताए। उनले देशको अर्थतन्त्रमा धेरै संकट नदेखिएको बताए।

उनले दश महिनालाई पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको उल्लेख गर्दै यसलाई सकारात्मक र उत्साहवर्द्धक स्थितिको रूपमा लिनुपर्ने बताए। प्रधानमन्त्री दाहालले बैंकको ब्याजदर घटाउनका निम्ति पनि आफूले प्रयास गरिरहेको बताए।

प्रधानमन्त्री दाहालले सरकार र नीजि क्षेत्रले उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर