‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७९’ राष्ट्रिय सभाबाट पारित

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७९’ राष्ट्रिय सभाबाट पारित भएको छ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले पेस गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै कृषि तथा पशुपंक्षी विकासमन्त्री भुसालले सो विधेयक प्रतिनिधि सभामा पनि छलफल गरी समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामको दायरालाई समेट्ने गरी सो विधेयक संशोधन गर्नु परेको पनि स्पष्ट पारे।

बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७८/०७९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बत्तीसौं वार्षिक प्रतिवेदन पनि पेस गरिएको छ। दुवै प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले पेस गरेका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर