आज पनि उठेन सिंहदरबारको फोहर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फाेहर आज पनि उठ्न सकेको छैन ।

संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहर नउठाउन परिवर्तन सेवा प्रा.लि.का कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

आइतबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्पिङ गर्नुपर्ने र आइतबाररबाट सिंहदरबारको फोहर नउठाउने भनेका थिए । उनको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरुले उनको विरोध गरेका छन् ।

राजनीतिक दलका नेताहरूले जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साहको विरोध गरेका हुन् । आइतबारबाट उठ्न छोडेको सिंहदरबार परिसरको फोहर सोमवार पनि उठेको छैन ।

सिंहदरबारबाट फोहोर नउठाएपछि अहिले सिंहदरबारको फोहर पुतली बगैँचामा थुपारिएको छ । विज्ञहरूले यसलाई संघ सरकार केन्द सरकारबीचको टकराव फोहोरका कारण सिंहदरबारबाट सुरु भएको बताउँदै आएका छन् । महानगरको गैरजिम्मेवारीपनाप्रति केन्द्र सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *