आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्न जरुरी रहेको बताएको छ । मंगलबार काठमाडौंमा जारी वैज्ञानिकहरूको नवौँ राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा विस्तार गरी अनुसन्धानको दायरा फराकिलो बनाउन जरुरी रहेको बताएका हुन् ।

उनले शाखा विस्तारका लागि मन्त्रालयले आवश्यक काम अघि बढाइसकेको पनि बताए । उनले अनुसन्धानका शाखाहरू प्रादेशिक रूपमा अघि बढाउने विषयमा मन्त्रालयमा गहन छलफल भइरहेको बताए। उनले देशमा नसर्ने रोगहरूको पनि अनुसन्धान हुन जरुरी रहेको बताए। उनले अनुसन्धानका गतिविधिहरूलाई तीव्रता दिन पनि आग्रह गरे ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले संवैधानिक व्यवस्थालाई दृष्टिगत गरी खोज र अनुसन्धानबाट प्राप्त तथ्य, तथ्यांकका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्ने गरी सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्ने प्रतिबद्धता जनाए ।

उनले वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने बताए। उनले युवाहरूको नवीन विचार र अनुसन्धानले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा युवा वैज्ञानिकलाई विशेष प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याइने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर