एकीकृत समाजवादी प्रदेश सरकारहरूमा सहभागी हुन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी भएका छन्।

मंगलवार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी प्रदेश सरकारहरुमा सहभागी हुने बताएका हुन्।

उनले आफूहरु संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताए। उनले संघ र प्रदेश सरकार दुवैमा आफुहरुको भूमिका हुने उल्लेख गरे।

अध्यक्ष नेपालले राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने बताए। उनले शिक्षकहरुको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने बताए।

उनले कुनै पनि बालबालिकाहरुलाई विद्यालय बाहिर राख्नु नहुने बताए। सबैले कम्तीमा कक्षा १२ सम्म पढ्न सक्ने वातावरण बनाउनुपर्ने बताए।

उनले युवाहरुलाई प्राविधिक शिक्षा र प्राविधिक तालिम दिएर सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर