स्लोभाकिया पठाइदिने भन्दै १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

स्लोभाकिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरी एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ घर भई ललितपुरको नख्खीपोट बस्ने ४६ वर्षका एकराज नेम्वाङ छन्।

प्रहरीका अनुसार उनले विजय लिम्बूलाई स्लोभाकिया पठाएर कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काममा लगाइदिने, मासिक २ लाख रुपैयाँ बढी तलब हुने र त्यसका लागि १५ लाख रुपैयाँ लाग्ने भनी प्रलोभनमा पारेका थिए। पीडित लिम्बूबाट उनले पटकपटक गरी १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो।

घटनाको अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजतलासका क्रममा उनलाई मंगलबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *