मालपोत कार्यालय पर्साका तत्कालीन २ प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय पर्साका तत्कालीन २ जना प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुखद्वय प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, तत्कालीन नायब सुब्बा मदनप्रसाद गुप्ता र तत्कालीन लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्व हिनामिना अभियोगमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

तत्कालीन कार्यालय प्रमुख पोखरेलले लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्वको निरन्तर अनुगमन गर्नुपर्नेमा अनुगमन नगरी आफ्नो कार्यकाल २०७२/०७३ मा ९३ लाख ६६ हजार २०९ हिनामिना गरेको अख्तियारको दाबी छ।

त्यस्तै तत्कालीन कार्यालय प्रमुख विश्वकर्माले आर्थिक वर्ष २०७२/०७३ मा १ लाख ४१ हजार ८२५ रुपैयाँ, तत्कालीन नायब सुब्बा गुप्ताले आर्थिक वर्ष २०७२/०७३ मा राजस्वमा ९५ लाख ८ हजार ३४ रुपैयाँ, तत्कालीन लेखापाल चौधरीले ९५ लाख ८ हजार ३४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *