बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्।

उनलाई मंगलबार दिउँसो काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए। श्रीमतीले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्।

गत साता जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ परेका गिरीलाई कपिलवस्तु पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

गिरी हाल न्याय परिषद्मा कार्यरत छन्। यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर