कारागार यातना गृह भएको छ : प्रदीप यादव

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले जीर्ण अवस्थामा रहेको वीरगञ्ज कारागारको जीर्णोद्धारको काम तत्काल सुरु गर्न सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले शौचालयको अभाव रहेको, कैदीबन्दीहरूले कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको र सुरक्षाकर्मीहरू तैनाथ हुने सुरक्षा पोष्टसमेत जीर्ण अवस्थामा रहेकाले सो कारागारको स्थलगत अवलोकन गरी सरकारले तत्काल जीर्णाेद्धार गर्नुपर्ने माग गरेका हुन्।

सांसद यादवले भने, ‘पर्सा जिल्लाको वीरगञ्ज कारागारको अवस्था अहिले जीर्ण बनेको छ। र, कारागार अहिले यातना गृह बनेको छ। कारागार सुधार्ने ठाउँ हो कि बिगार्ने ठाउँ हो? वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्। र, यसरी कोचाकोच गरेर कैदीबन्दी राख्नु अपराध हो कि होइन? सभामुख महोदय, शौचालयको समस्या उस्तै खराब छ। ९० वर्ष पुरानो यो कारागार अहिले जीर्ण छ। र, कारगारको सुरक्षामा तैनाथ प्रहरीहरूको सुरक्षा पोष्ट एकदमै जीर्ण भएको छ। कुनै बेला पनि दुर्घटना हुन सक्छ। यसकारण नेपाल सरकारलाई म अनुरोध गर्न चाहन्छु, वीरगञ्ज कारागारमा स्थलगत अवलोकन गरेर त्यसको निर्माणको काम सुरु गरियोस्।’

वीरगञ्ज कारागार ९० वर्ष पुरानो कारागार हो। यसको जीर्णोद्धार तत्काल नगरे गम्भीर दुर्घटनामा हुनेतर्फ पनिसांसद यादवले सरकारलाई सचेत गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर