रौतहटमा झडप, चार प्रहरी र एक प्रदर्शनकारी घाइते

रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। झडपमा चार जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएको रौतहटका डीएसपी उमाशंकर अर्यालले जानकारी दिए।

गरुडा नगरपालिकामा आन्दोलन गर्न पुगेका प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर प्रदर्शनकारी गरुडा नगरपालिका-५, लक्ष्मीपुरका २२ वर्षीय गजेन्द्र यादव घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ।

स्थिति तनावग्रस्त बनेपछि प्रहरीले १६ राउण्ड अश्रुग्यास, एसएलआर र राइफलले गोली प्रहार गरेको थियो।

मेयरका उम्मेदवार दीपक यादवको टोलीले गरुडा नगरपालिकाको कार्यालयमा ताल्चा लगाउन खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो।

घटनामा प्रहरीले चार जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर