ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निष्कासित, बिन्दवासिनी कंशाकारलाई सांसद बनाइने

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो संवाद सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको ठाउँमा बिन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णयसमेत गरेको छ ।

पार्टी सभापति रवि लामिछानेका अनुसार अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधानविपरीत काम गरेको भन्दै कारबाही गरिएको हो । समानुपातिक सांसद श्रेष्ठको पद पनि खारेज हुने भएकाले नयाँ सांसदमा बिन्दवासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय भएको लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर