नेपाली राजदूत अधिकारीले भेटे पाकिस्तानका परराष्ट्रमन्त्री

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका परराष्ट्रमन्त्री बिलावल भुट्टो जरदारीसँग भेटवार्ता गरेका छन्।

राजदूत अधिकारी र परराष्ट्रमन्त्री जरदारीबीच बुधबार इस्लामावादमा भेटवार्ता भएको हो।

भेटमा उनीहरूबीच नेपाल र पाकिस्तानबीच विभिन्न क्षेत्रमा सहयोग र सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको पाकिस्तानको सरकारी रेडियोले जनाएको छ।

भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धबारे पनि छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *