निर्वाचनलाई फोहोर नबनाउन अञ्जनलाई समर्थन गरेँ : उमेशलाल श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका व्यवसायी उमेशलाल श्रेष्ठले महासंघको चुनावलाई थप फोहोर नबनाउन अञ्जन श्रेष्ठलाई समर्थन गरेको बताएका छन् । बिहीवार वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई समर्थन गर्दै यस्तो बताएका हुन् ।

उनले महासंघको चुनावलाई थप फोहोर नबनाउन दोस्रो चरणको निर्वाचनमा नजाने निर्णयमा पुगेको बताए । उनले दोस्रो चरणको निर्वाचनमा आफूले र अञ्जनले पनि ४/५ करोड खर्च गर्न सक्ने अवस्थामा भए पनि चुनावलाई फोहोरी नबनाउन आफूले अञ्जनलाई समर्थन गरेको बताए ।

उनले महासंघको निर्वाचन पद्धति खराब भएको बताए । उनले महासंघको विधानलाई पुनः लेखन गर्नुपर्ने बताए । उनले आफू बाचुन्जेल महासंघमा नै रहने बताए । उनले महासंघको नयाँ नेतृत्वले वैशाख २ गतेबाट महासंघलाई सबैको बनाउन सुझाव दिए ।

उनले महासंघका निर्वाचित नेतृत्व आगामी दिनमा एक भएर काम गर्न आवश्यक रहेको बताए । उनले महासंघको सदस्यता वितरणमा कडाइ गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर