पर्यटन प्रवर्द्धनका लागि वसन्तपुरमा फोटो प्रदर्शनी (तस्बिरहरू)

वसन्तपुरमा पर्यटनसम्बन्धी फोटो प्रदर्शनी जारी छ । दुई दिनसम्म चल्ने प्रदर्शनी वैशाख १ गतेबाट सुरु भएको हो ।

नेपालको पर्यटन र जात्रा भल्किने तस्बिरहरू प्रदर्शनीमा राखिएको छ । साथै पर्यटन प्रवर्द्धनका लागि विभिन्न चरणमा विभिन्न कार्यक्रमहरू पनि आयोजना भइरहेको छ । प्रदर्शनीमा ६० वटा तस्बिर राखिएको छ ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाली नयाँ वर्ष २०८० र नेपाल पर्यटन महोत्सवको अवसरमा नेपालका उत्कृष्ट पर्यटकीय स्थलका सुन्दरता झल्किने फोटो प्रदर्शनीमा राखिएको हो । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आयोजना गरेको प्रदर्शनी आज समापन हुनेछ । फोटोहरू स्वदेशी तथा विदेशी पर्यटकहरूले अवलोकन गरिरहेको देख्न सकिन्छ ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर