सशस्त्र प्रहरीका सहायक हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा

सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेसक्याम्प, विष्णुपुरा, रूपन्देहीका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

उनले सेवाग्राहीसँग ट्र्याक्ट्ररमा माटो ओसारपसार गर्ने क्रममा २० हजार रुपैयाँ घुस लिएको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले निज उनलाई सो घुस रकमसहित गत फागुन २१ गते पक्राउ गरेको थियो।

अनुसन्धानको सिलसिलामा हवल्दारसेनले सेवाग्राहीसँग सडक निर्माण गर्ने क्रममा माटो ओसारपसार गर्दा सहजीकरण गरिदिने भनी लिएको पुष्टि भएको भन्दै अख्तियारको केन्द्रीय कार्यालयले उनीविरुद्ध आइतबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

२० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना र सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजायसमेतको मागदाबी लिएर उनीविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर