इनरुवामा लघुवित्तपीडित र प्रहरीबीच झडप

लघुवित्त संस्थाविरुद्ध आन्दोलनरत लघुवित्तपीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ। आइतबार सुनसरीको इनरुवामा लघुवित्त संस्थाको विरोधमा संघर्षमा उत्रिएका लघुवित्तपीडित र प्रहरीबीच झडप भएको हो।

लघुवित्तपीडितहरूले तीन घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको हो।

प्रहरीले यातायात सञ्चालनमा अवरोध नगरी आन्दोलन गर्न सम्झाए पनि आन्दोलनकारीले नमान्दा प्रहरीले उनीहरूलाई लाठी चार्ज गरेर लखेटेर सडक खुलाएको थियो।

सडक खुला गर्ने क्रममा आन्दोलनकारी पक्षले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फका केही घाइते भएका छन्। आन्दोलनका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत इनरुवा बसचोक खण्डमा दिनभर सवारी सञ्चालन हुन सकेको छैन।

आन्दोलनकारी बिहानैबाट सडकमै सुतेका थिए। आन्दोलनमा सहभागी अधिकांश महिला भएकाले समेत प्रहरी लामो समय संयमता अपनाएको थियो।

आफूहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै आन्दोलनकारीले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर