विदेशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ६६ लाख ठगी, २ जना पक्राउ

विदेशमा आकर्षक रोजगारीमा लगाइदिने प्रलोभनमा पारेर लाखौं रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । इटली, दक्षिण कोरियालगायतका देशमा पठाइदिन्छु भनेर ६६ लाख ३७ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ग्रिनलिफ इन्टरनेशनल कन्सलट्यान्सी र नेपाल स्नोफल माउन्टेन्स ट्रेक एण्ड एक्सपिडिसनका सञ्चालक २८ वर्षका सुधनकुमार शाही र म्यानेजिङ डिरेक्टर अनिल श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरूले विपिन खत्रीसहित २२ जनालाई ५ लाख रुपैयाँमा इटली, दक्षिण कोरिया, न्युजिल्याण्ड, पोर्चुगल आदि देश पठाइदिन्छु भनेर समग्रमा ६६ लाख ३७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार ती देशका प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु र मासिक १ लाख भन्दा बढी कमाइ हुन्छ भनेर रकम लिएको देखिएको रेग्मीको भनाइ छ ।

वैशाख ३० गते सिनामंगलबाट पक्राउ परेका शाही र श्रेष्ठमाथि ठगी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *