सस्तोमा विदेशी मुद्रा दिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

सस्तोमा साउदी अरेबियन रियाल दिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-१०, सिर्थौली घर भई काठमाडौंको मूलपानी बस्ने ३६ वर्षीय जहरसिंह घिसिङ र ३४ वर्षीय पानसिंह घिसिङ छन्।

पक्राउ परेका पानसिंह घिसिङ यसअघि गत असोज १४ गते प्रहरी वृत्त, गौशालाबाट ठगी कसुरमा मुद्दा चलेका व्यक्ति रहेकोसमेत खुलेको छ।

उपत्यकाका विभिन्न स्थानहरूमा वैदेशिक रोजगारीबाट फर्किएका मानिसहरूलाई आफूसँग विदेशी मुद्रा रहेको तर पासपोर्ट नभएका कारणले रकम साट्न नपाएकाले सस्तो दरमा दिने भन्दै प्रलोभनमा पारी ठगी गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन्।

गत १९ चैतमा चावहिलमा विदेशबाट आएका एक जनाले आफूलाई २ जना अपरिचित व्यक्तिहरूले हामीसँग साउदी अरेबियन रियाल छ तर पासपोर्ट नभएका कारणले साट्न मिलेको छैन, तपाईंले लगेर साट्नू, मलाई तपाईंले लगाएको सुनको ब्रासलेट दिनु आफूसँग भएको ५० ग्रामको सुनको ब्रासलेट लिई फरार भएको भन्ने निवेदन प्रहरीमा दिएका थिए।

सीसीटीभी फुटेज, पीडितले दिएको हुलिया तथा आपराधिक कार्यविधिसमेतको आधारमा उक्त घटनामा अनुसन्धान गर्दा घटनामा उनीहरूको संलग्नता पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई ३० चैतमा चावहिलबाट पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, गौशाला पठाइएको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर