परराष्ट्रमन्त्री साउदलाई भारतीय समकक्षी एस जयशंकरको बधाई

नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई भारतीय समकक्षी डा. एस जयशंकरले बधाई दिएका छन्।

भारतीय विदेशमन्त्री जयशंकरले साउद परराष्ट्रमन्त्री नियुक्त भएकै दिन आज सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन्।

साउदको नयाँ भूमिकाका लागि सफलताको शुभकामनासमेत व्यक्त गर्दै उनले दुई देशबीचको बहुआयामिक साझेदारी मजबुत बनाउन सँगै काम गर्न तत्पर रहेको पनि उल्लेख गरेका छन्।

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य साउद आज नै परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए। उनले आजै पद तथा गोनीयताको शपथ लिनुका साथै पदबहालीसमेत गरेका छन्।

पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीका काम तत्काल सुरु गरिने बताएका थिए।

यसैबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि परराष्ट्रमन्त्री साउदलाई आजै भेटेर बधाई दिएका छन्। उक्त भेटमा समेत प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री प्रचण्ड वैशाख तेस्रो साता भारत भ्रमणमा जाने तयारीमा छन्। बालुवाटार स्रोतका अनुसार केही दिनअघि नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई दिएको भारत भ्रमणको निम्तो बुझाएका छन्।

गत पुस १० मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर