रास्वपाबाट निष्कासित गर्ने निर्णयविरुद्ध पुनरावेदनमा गए ढाकाकुमार

राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई गरेको कारबाहीविरुद्ध नेता ढाकाकुमार श्रेष्ठ पुनरावेदनमा गएका छन्। आफूलाई साधारण सदस्य र संघीय सांसदबाट निष्कासित गर्ने निर्णयविरुद्ध श्रेष्ठ पुनरावेदनमा गएका हुन्।

पार्टी केन्द्रीय कमिटीले आफूलाई साधारण सदस्यबाट पनि निष्कासित गरेपछि त्यसविरुद्ध सफाइका लागि उनी आइतबार पुनरावेदनमा गएका हुन्।

कारबाही घोषणाका क्रममा सभापति रवि लामिछानेले पनि ढाकालाई पुनरावेदन सुविधा हुने बताएका थिए।

रास्वपा पुनरावेदन समितिमा विपिन आचार्य, अग्निशिखा धिताल र दीपक बोहरा छन्।

यसअघि डा. भरतमणि देवकोटा प्रमुख रहेको अनुशासन तथा आचरण समितिमा उनले लिखित स्पष्टीकरण बुझाएका थिए।

त्यसपछि उनीसँगसमितिका संयोजक डा. देवकोटा र सदस्यहरू रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपानेसहितले बयान पनि लिएका थिए।

त्यही समितिको सिफारिसका आधारमा रास्वपाले श्रेष्ठको सांसद पद खोस्दै पार्टीबाट पनि निष्कासन गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर