बैंकमा जम्मा भएको ५५ खर्ब रकमलाई उद्योगमा परिचालन गरौं : देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै सो रकम देशका रुग्ण उद्योगहरूमा परिचालन गर्नुपर्ने बताएका हुन्।

उनले अफ्ठ्यारोमा परेका उद्योगहरूमा सो रकम परिचालन गरी रोजगारी सिर्जना गर्न माग गरे। त्यस्तै उनले देशमा ४० लाख खोप प्रयोगविहीन अवस्थामा रहेको भन्दै प्रयोगविहीन भएको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताए।

सांसद पौडेलले यस वर्ष विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक पाउनु राम्रो भएको उल्लेख गर्दै यसैगरी अस्पतालहरूमा पनि बिरामीले आकस्मिक उपचार पाउनुपर्ने बताए। उनले किसानले समयमै मल पाउनुपर्ने पनि बताए।

*शीर्षक सच्याइएकाे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *