मिटरब्याजपीडित र हरुवाचरुवाको माग सम्बोधन नगरे सडक संघर्षमा जान्छौं : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याजपीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याजपीडितहरूको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि हिजो निर्मम ढंगले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भर्त्सनासमेत गरे।

गरिब र निमुखा ती मानिसहरूमाथि किन आक्रमण गर्नुपरेको भनी सरकारलाई अध्यक्ष लिङ्देनले प्रश्नसमेत गरे। उनले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताए।

अध्यक्ष लिङ्देनले पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर